काठमाडौँ l नेप्से बढेको छ । आज बिहिबार नेप्से १२ दसमलव ५३ अंकले बढेर २५ सय २० दसमलव २३ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव एक अंकले बढेर चार सय ७७ दसमलव ३६ अंकमा चढेको छ ।
दुई सय २९ वटा कम्पनीहरुको ५९ हजार आठ पटकका कारोवारमा ८३ लाख २३ हजार नौ सय २३ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ४९ करोड दुई लाख ६६ हजार चार सय १० रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा १० वटा समुहले कमाएकाछन भने तीन वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ९२ अंकले बढेर १७ सय १६ दसमलव ६२ अंकमा पुग्दा लघुबित्त समुहको सुचक पनि ४७ दसमलव तीन अंकले बढेर ४८ सय ५१ दसमलव ६५ अंकमा पुगेको छ ।
यसैगरी निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने ४९ दसमलव एक अंकले घटेर ४३ सय ६८ दसमलव ८२ अंकमा पुग्दा जलबिद्युत र फाईनान्स समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।