बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा हरियाली ५६ अंकले बढ्दा दुई अर्ब ३८ करोडको कारोवार

मंगलबार, पुष ६ २०७८

काठमाडौँ l नेप्सेमा हरियाली देखिएको छ । आज मंगलबार नेप्से ५६ दसमलव ७३ अंकले बढेर २४ सय १५ दसमलव ५६ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव ३४ अंकले बढेर चार सय ६२ दसमलव ५२ अंकमा चढेको छ । दुई सय २६ वटा कम्पनीहरुको ३४ हजार दुई सय १६ पटकको कारोवारमा ४९ लाख ७४ हजार दुई सय ५३ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार आठ सय ४७ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।  ति मध्ये बाँणिज्य बैक समुहको सुचक ३२ दसमलव ९१ अंकले बढेर १६ सय ७५ दसमलव ५६ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ३७ दसमलव ९२ अंकले बढेर २१ सय २४ दसमलव ७० अंकमा चढेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि दुई सय चार दसमलव ३४ अंकले बढेर १० हजार दुई सय ३२ दसमलव ४३ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।