बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चिलीमा विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित, विश्वकै कान्छो राष्ट्रपतिमा दर्ज

सोमबार, पुष ५ २०७८

 

काठमाडौं ।  ल्याटिन अमेरिकी मुलुक चिलीमा विद्यार्थी आन्दोलनका एक चर्चित युवा राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि भएको राष्ट्रपतिय पदको निर्वाचन ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित भएका हुन् । उनले  ५६ प्रतिशत मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टले भने ४४ प्रतिशत मत प्राप्त गरेका छन् ।  निर्वाचित भएसँगै बोरिक बिश्वकै कान्छो राष्ट्रपति भएको बताइएको छ ।

बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन हुने बाचा गरेका थिए ।