बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई कम्पनीको हकप्रद शेयर(Right share) निष्कासन अनुमति !

शुक्रबार, पुष २ २०७८

काठमाडौँ l कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १ बराबर १.५० (१:१.५०) अर्थात १५०% र छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १० बराबर ३ (१०:३) अर्थात ३०% हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमाति प्राप्त गरेका छन्।

बोर्डले मिति २०७८ पौष १ गते बैंकलाई तत्कालिन समयको चुक्ता पूंजी रु.२० करोडको १५०% अर्थात रु.३० करोड बराबर हुन आउने ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो।

बैंकको मिति २०७३ माघ २ गते बसेको संचालक समितिको निर्णयानुसार कायम रहेको चुक्ता पूंजी रु.२० करोडको १५०% हकप्रद निष्काशन गर्ने निर्णय गरिएकोमा ७०% स्वामित्त्वो रहेको संस्थापक शेयरधनीहरुले चुक्ता गरिसकेका छन् भने बाँकी रु.९ करोड बराबरले हुन आउने ९ लाख कित्ता सर्वसाधाण शेयरधनीहरुमा निष्काशन हुन बाँकी रहेको छ।

मौद्रिक निति २०७२/७३ ले व्यवस्था गरेको प्रावधान अनुसार १-३ जिल्ला कार्यक्षेत्र रहेको जिल्ला स्तरिय बिकास बैंकले न्युनतन रु.५० करोड चुक्ता पूंजी पुर्‍याउनु पर्ने नियमनकारी बाध्यता भएको ले बैंकले हकप्रद जारी गर्न लागेको हो।

यस्तै, बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हाल कायम चुक्ता पूंजी रु.२९ करोड ७६ लाख ७५ हजारको ३०% अर्थात रु.९ करोड ९३ लाख २ हजार ५ सय बराबरले हुन आउने ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो। ३०% हकप्रद पश्च्यात कम्पनीको चुक्ता पूंजी रु.३८ करोड ६९ लाख ७७ हजार ५ सय हुनेछ भने तत्पश्चात पूर्ण नयाँ कायम हुने चुक्ता पूंजीको ४०% हकप्रद शेयर निष्काशन गर्ने योजना रहेको छ।

दुबै अनुमति पाएका कम्पनीहरुले अब आफ्नो शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन प्रकृया अगाडि बढाउन सक्ने छन्।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मर्केट लिमिटेड रहेको छ भने छ्याङ्दी हाइड्रोपावरको लागि हकप्रद निष्काशन कार्य ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ।