काठमाडौँ l नेप्सेमा पुन पहिरो गएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ३७ दसमलव ८७ अंकले घटेर २३ सय ७६ दसमलव ७४ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ८८ अंकले घटेर चार सय ५३ दसमलव ५३ अंकमा झरेको छ । दुई सय २४ वटा कम्पनीहरुको ३७ हजार दुई सय ३६ पटकको कारोवारमा ५३ लाख ७९ हजार आठ सय ६० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुई अर्ब ३० करोड १७ लाख ५१ हजार नौ सय ६८ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ६८ अंकले घटेर १६ सय ५० दसमलव ५१ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ५६ दसमलव २३ अंकले घटेर २१ सय चार दसमलव ६३ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि आज दुई सय ६४ दसमलव ६१ अंकले घटेर १० हजार एक सय ९८ दसमलव २८ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बंगलादेश बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्रभु बैंक पहिलो स्थानमा परेको छ ।