बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ज्योति विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

बिहिबार, पुष १ २०७८

काठमाडौं । ज्योति विकास बैंकले १४औं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । सभा बिहान ११ बजे लिसरा रिसेप्सन, भगवती बहाल नक्साल काठमाडौंमा गर्ने जानकारी गराएको हो ।

सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको अधिकृत पूँजी रू. ५ अर्बबाट वृद्धि गरी रू. ८ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, यस बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ९ गतेदेखि २३ गतेसम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।