काठमाडौँ l सेन्ट्रल फाईनान्स लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७.७% बोनस शेयर र ३.३% नगद लाभांश गरी कुल ११% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ मंसिर मंसिर २९ गते बसेको संचालक समितिको ३०९औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.८८ करोड १० लाख ३५ हजार ७ सय ९.१३ को ७.७% अर्थात रु.६ करोड ७८ लाख ३९ हजार ७ सय ४९.५९ बराबरको बोनस तथा ३.३% अर्थात रु.२ करोड ९० लाख ७४ हजार १ सय ७८.४० बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।