शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एक डोजले पुग्ने खोप आज आउँदै

बिहिबार, पुष १ २०७८

काठमाडौँ । एक मात्रा (डोज) लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको सात लाख १९ हजार ६५० डोज खोप आज नेपाल आउँदै छ ।

२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खेप आज आउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७ः४५ बजे पहिलो खेप खोप आउने जानकारी दिएका छन् ।

त्यसैगरी बाँकी भोलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए । खोप युनिसेफमार्फत आउन लागेको हो ।

यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।