काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ ।
आज बिहान २ बजे मात्रै सभापतिको मतगणना सकिएपछि भोलिदेखि मात्रै अन्यपदाधिकारीको र केन्द्रीय सदस्यहरुको लागि मतगणना हुने निवार्चन समितिले जानकारी गराएको थियो । तर आज १ बजे बसेको निर्वाचन समितिको बैठकले आज उपसभापति र भोलि महामन्त्रीको मतगणना गर्ने जानकारी दिएको छ ।
त्यस्तै, सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना भने महामन्त्रीको मत परिणाम आएपछि मात्रै हुने पनि समितिले जानकारी दिएको छ ।
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । कांग्रेस विधान अनुसार २ जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन् ।