काठमाडौँ l सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
छापावाला सुनको मूल्य मंगलबार ९२ हजार आठ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबीको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।