बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रचण्डले दिएको अभिब्यक्ति पछि घटेको बजारमा अर्थमन्त्रीले आश्वस्त पारेपछि दुईपटक सर्किट ब्रेक !

बुधबार, मंसिर २९ २०७८

काठमाडौँ । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्तिका कारण खसेको बजार लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेसँगै भने दुईपटक सकारात्मक ब्रेक लागेर बन्द भएको छ ।

दाहालले सेयरबजारलाई साम्राज्यबादको सज्ञा दिएका  थिए । बजारको पुँजी एकत्रित गरि त्यस्तो पुँजी उपर सिमित ब्यक्तिको नियन्त्रण रहने भएकाले उनले त्यसो भनेका थिए । बजारमा यसले नकारात्मक असर पार्याे ।

राष्ट्र बैंकको मौद्रिक नीतिका कारण घटेको सेयरबजारमा दाहालको अभिब्यक्तिले झनै घटाएको थियो । यसबाहेक राष्ट्र बैंकका अधिकारीहरुले सेयरकर्जामा दिएको सिमा हेरेफेर नहुने भन्ने अभिब्यक्तिले निरन्तर बजारलाई घटायो ।

तर,मंगलबार भने सकारात्मक सर्किट ब्रेक, त्यो पनि दुई पटक सम्म लागेर बजार बन्द भयो । बजारमा लगानीकर्ताले एकै पटक कम्पनीहरुको  सेयरमा चर्काे मूल्य तिरेर किन्न खोजेपछि बजार एकाएक बढ्यो । आखिर कारण के थियो त ?

मंगलबार सेयरबजारको लगानीकर्ताका केहि संघको प्रतिनिधित्व गर्दै अम्बीका पौडेल संयोजक बनेका छन् । उनले अर्थमन्त्री शर्मासँग मंगलबार भेटे । शर्माले बजार बिकास गर्न सक्दो प्रयास गर्ने बताए । जसका कारण बजार एकाएक बढेको हो ।

अब सेयर किन्ने कि, होल्ड कि बेच्ने ?

बजार यति धेरै तल जानुपर्ने कारण राष्ट्र बैंकको चार बाह्र र तरलता अभाव हो । त्यसबाहेक अन्य स्थितीका कारण भने बजार तल जार्नुपर्ने स्थिती छैन । कम्पनीको कारोबार पुरानै अवस्थामा फर्कदैछ । जसले बजार बिस्तारै बढाउनु पर्ने हो । तर, यहाँ कम्पनीको रिटर्न भन्दा पनि अंकको घटबढ गरेर रकम कूम्ल्याउन खोज्ने सिमित लगानीकर्ताका कारण बजार  प्रभावित हुँदै आएको छ।

बिश्लेषकहरु बजार २७ देखि  २२ सयको बिचमा बस्ने बताउँछन् । तर, अबको बजारमा अंकको खेल खेलेर पैसा कमाउन भने सिपालु हुन पर्छ । बजार न त ठूलो मात्रामा घट्छ नत बढ्छ । जसका कारण लगानीकर्ता सजग भएर लगानी गर्नु आवश्यक छ ।