बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माध्यमिक शिक्षकका लागि जागिर खुल्यो, पुस २९ सम्म आवेदन फाराम भर्न पाइने

बुधबार, मंसिर २९ २०७८

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापनका लागि एक हजार ५ सय ४४ शिक्षकको जागिर खुलाएको छ । आयोगले नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो । विज्ञापन अनुसार

 आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा फाराम बुझाउन सकिने छ । त्यस्तै बिलम्ब दस्तुर बुझाएर माघ ६ गतेसम्म  परीक्षा आवेदन फाराम भर्न पाइने भएको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।