बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस सभापति : ४२ सय ७६ मत गन्दा देउवा २०४६, कोइराला १६१५

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार २७६ मत गणना हुँदा सभापति देउवाले २०४६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १६१५, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरूङले १७ मत प्राप्त गरेका छन् ।

पहिलो चरणमै सभापतिमा निर्वाचित हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढी मत देउवाले पाउने सम्भावना भने कम देखिएको छ ।

पाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावमा पहिलो चरणमा सभापतिमा कुनै पनि उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ ।

५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नका लागि देउवाले गन्न बाँकी मतमा ६० प्रतिशत प्राप्त गर्नु पर्छ ।

४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।