बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने सम्भावना, फेरि चुनाव भए आफुलाई फाइदा हुने डा. कोइरालापक्षको दाबी

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने विश्लेषण गरिएको छ ।

मतदानका लागि आएका महाधिवेशन प्रतिनिधिसँग गरिएको कुराकानीलाई  आधार मान्दा कुनै पनि उम्मेद्वारले पहिलो चरणमा ५१ प्रतिशत मत आउने सम्भावना नरहेको देखाएको हो ।

त्यस्तै ,  फ्याक्ट्स नेपालले गरेको  सर्वेक्षणले पनि पहिलो चोटीमा कोही पनि निर्वाचित नहुने बताएको छ । कांग्रेस सभापतिमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशत भन्दा बढी भोट ल्याउनु पर्ने छ । कसैले पनि ५० प्रतिशत मत नल्याए फेरि निर्वाचन गर्नु पर्ने नियम छ ।

विभिन्न अध्ययनले सभापतिमा शेरवहादुर देउवाले सबैभन्दा बढी मत ल्याउने आँकलन गरेको छ । देउवाले बढी मत ल्याएपनि ५० प्रतिशत कटाउन नसक्ने दाबी गरिएको छ ।

सर्वेक्षणले देउवाले ४५ प्रतिशत मत पाउने देखाएको छ भने दोस्रो स्थानमा डा शेखर कोइरालाले ३२ प्रतिशत मत पाउने देखाएको छ । कतिपयले दोस्रो चरणमा निर्वाचन भए सभापतिका प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिले डा. कोइरालालाई सघाउने दाबी गरेका छन् ।

दोस्रो चरणमा निर्वाचन भए आफुहरुलाई सहज हुने संस्थापन इतरको बुभाई छ । 

महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुने अधिकांसको आँकलन छ ।