काठमाडौँ । जनताको लगानीमा बनेका कैयन आयोजनाहरुको बिजुली खेर गएको स्थिती छ । प्रसारण लाइनको अभावमा मात्रै हैन उत्पादित बिजुली नै खपत गर्न नसेकर वर्षातमा रातका समयमा ५ सय मेगावाटसम्म बिजुली खेर जाने स्थिती आयो ।
भारतले बिजुली खरिद गर्ला र मनग्य रकम कमाउला भनेर बसेको सरकार र निजी क्षेत्र यति बेला चिन्तामा छ । किनभने भारतले अहिले आफ्नो लगानीमा बनेका आयोजनाको मात्रै बिजुली खरिद गरेर अन्य आयोजनाको स्वीकृति दिएको छैन ।
यसपछि बिजुली खेर गएर जनताको लगानीमा बनेका आयोजनाहरु घाटामै पो जाने हुन् कि भन्ने निजी क्षेत्रलाई चिन्ता परेको छ । त्यसैले यहि बिषयमा आइबार आर्थिक पत्रकार समाज सेजनले एक अन्र्तक्रिया कार्यक्रम राख्यो । जसमा बिषय थियो : बिजुली ब्यापार संभावना र चुनौति ।
यो कार्यक्रममा नबिल बैंकका सिइओ अनिल केशरी पनि सामेल भएका थिए । मन्तब्यका क्रममा उनले सरकारलाई मात्रै हैन घुमाउरो पारामा राष्ट्र बैंकको नीति माथि पनि प्रश्न गरेका छन् ।
उनले भने ‘ म त सामान्य एक सिइओ हुँ, बिद्युत ब्यापारका बिषयमा के के भएको छ मलाई थाहा छैन, तर राष्ट्र बैंकलाई त थाहा होलानी जसले हामीलाई उर्जामा लगानी गर्न बाध्य पारेको छ । ’
अहिले बैंकहरुलाई उर्जामा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर उनिहरुले लगानी गरेका आयोजनाबाट उत्पादित बिजुलीले भने बजार बढ्दै गएको छ । त्यसैले क तै यसरी गरिएको लगानी डुब्ने त होइन भनेर चिन्ता ब्यक्त गरेका छन् ।
शाहले थपे ‘ धेरैलाई लाग्ला जलबिद्युतमा बैंकले लगानी गरेका छन्, तर त्यसो होइन, आम जनताले बैंकमा राखेको उनिहरुको रकम हामीले जलविद्युतमा लगाइदिएका हौ, त्यसले जलविद्युत डुबे हरेक नागरिले श्रम र बुद्धि चलाएर कमाएको रकम डुब्नेछ । ’
त्यसैगरि निजी क्षेत्र भने खपतका बिषयमा सरकार नीतिगत निर्णयमा चुकेकाले वर्षातमा बिद्युत खेर जाने स्थिती आएको बताएको छ ।
तीन वर्ष अघि पूर्व उर्जा मन्त्री वर्षमान पुनले १५ स्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने योजना बनाएका थिए । तर त्यसयता खपत बढाउने विषयमा भने योजनामा निर्माणमा सरकार चुक्दै आएको छ ।
समयमै खपतका योजना बाहिर ल्याउन नसकेकाले बिद्युत खेर जाने स्थिती आएको निजी क्षेत्रको भनाई छ ।
उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले भने ‘ बिद्युत खेर गएपछि बल्ल अब उपभोगको र निर्यातको बारेमा सोचिदैछ, यो हाम्रो नीति निर्माणमा भएको त्रुटी हो ।