काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका नेता कार्यकर्ताकालागि दैनिक दुई हजार ४०० किलो माछा पाक्ने गरेको छ ।
त्यहाँ पाक्ने सबै माछा कलकत्ताबाट आयात गरिएको हो ।
भोजनको प्रबन्ध गर्दै आएका दियालो र अनुपम फुडल्याण्डले दैनिक ६ हजार सहभागिलाई तीन टाईम खाना खुवाउदै आएका छन् ।
साकाहारी समेतले माछा खाने भएकाले माछाको खपत उच्च भएको दियाले फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईले बताए । कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने उनको अनुमान छ ।
माछा मात्र होइन कुखुरा र खसीको मासु पनि उतिकै खपत भएको छ । अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु त्यहा पाक्ने गरेको छ ।
बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा उसिन्नु परेको छ । अधिवेशनका लागि दैनिक छ हजार व्यक्तिका लागि भोजनको अर्डर गरिएको छ ।
तीन टाईम खानाका लागि एक जना बराबर प्रतिदिन दुई हजार २०० रुपैँया कांग्रेसले तिर्नु पर्नेछ । साकाहारीका लागि पनि छुट्टै व्यवस्था गरिएको छ ।