काठमाडौं । अमृत बजार साप्ताहिक र तीन घुम्ती डट कमका प्रधान सम्पादक विनोदप्रसाद चौंलागाई प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा मनोनित भएका छन् ।
प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै चौलागाईलाई पनि मनोनित गरेको हो । चौंलागाई लामोसमय देखि काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
आर्थिक र सुरक्षा बिटमा कलम चलाउदै आएका चौंलागाई विशेष गरि वित्तिय
सुशासनका क्षेत्रमा दख्खल राख्छन् ।
राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीको केन्द्रीय कमिटीले अन्ततः पूर्णता पाएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधित विधानअनुसार २ सय ३१ सदस्यीय केन्द्रीय कमिटी बनाएका हुन् । अध्यक्ष बस्नेतले ७७ वटै जिल्लाबाट केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको केन्द्रीय कमिटीमा यसअघि ८४ सदस्यीय थियो । ८४ सदस्यीय केन्द्रीय कमिटी रहेको चौतारीलाई पूर्णता दिँदै २३१ सदस्यीय बनाइएको हो ।