शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

यस्तो कार्यक्रम अहिलेसम्म देखेको थिइनँ : भारतीय नेता हर्षबर्द्धन

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन आएका भारतीय जनता पार्टीका नेता एवं सांसद हर्षवर्धनले सबै प्रमुख दलका नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरु एउटै फोरममा देखिनु संसारमै अनौठो भएको टिप्पणी गरेका छन्।

उनले नेपालका राजनीतिक दलहरुबीच सद्भाव उदाहरणीय भएको टिप्पणी गर्दै नेपाली नेताहरुको संस्कार अरुले पनि सिक्न लायक भएको बताए।

उनले भने- ‘यहाँ एउटै मञ्चमा सबै दलका प्रमुख नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरु छन्, यस्तो मैले संसारमै कहिँ देखेको थिएन।’

एउटा पार्टीको महाधिवेशनमा फरक–फरक विचारधारा भएका दलका नेताहरु सहभागी हुनुलाई उनले उदाहरणीय भन्दै प्रशंसा गरे।