शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वडीआईजी रमेश खरेलले आज नयाँ पार्टी घोषणा गर्दै

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौँ l नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टीको घोषणा गर्दैछन्।

यसअघि ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन भइरहेकोमा औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठन गर्न लागिएको संयोजकसमेत रहेका खरेलले जानकारी दिए।

शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना गरी पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ।

नेपालीको मर्म बुझ्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्नसक्ने तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न लागिएको खरेलको भनाइ छ।