काठमाडौं । कांग्रेस महाधिवेशनका लागि काठमाडौं आउनेहरुको लर्कोले उपत्यकामा सवारी चाप बढेको छ ।
कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता स्वस्फूर्त काठमाण्डौ आउन थालेका छन् ।
मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । गएको २४ घण्टामा काठमाण्डौसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु उपत्यका भित्रिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै काठमाडौं प्रवेश गरेका छन् ।
यो सङ्ख्या आज अझै बढ्न सक्ने अनुमान छ ।
यसअघि सामान्य दिनमा विभिन्न नाका भएर ६ ७ हजारको हाराहारीमा गाडी उपत्यका भित्रिने गरेका थिए । कांग्रेस महाधिवेशनका कारण काठमाण्डौमा चहलपहल बढेको छ ।
बिहान ९ बजेसम्म ओहोरदोहोरमा खासै समस्या नभए पनि त्यसपछि जाम हुने गरेको छ । बढ्दो चापलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले गाडी डाइभर्सन गर्ने तयारी गरेको छ ।