भारतका भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ ।
भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।
रावतसहित उनको पत्नी मधुलिका र थप ११ जनाको निधन भएको हो । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको हो । दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । दुर्घटनामा परेका एक सैन्य अधिकारीको उपचार जारी छ ।