बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा ५३ अंकको पहिरो, सबै सुचक रातै

बुधबार, मंसिर २२ २०७८

काठमाडौं l नेप्सेमा आज पनि बुधबार पनि पहिरो गएको छ । आज नेप्से ५३ दसमलव एक अंकले घटेर २४ सय ५५ दसमलव ८० अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ३४ अंकले घटेर चार सय ६४ दसमलव ७९ अंकमा पुगेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको ४२ हजार नौ सय ४६ पटकको कारोवारमा ६५ लाख ६० हजार नौ सय ४७ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम दुई अर्ब ६६ करोड ३९ लाख नौ हजार छ सय २० रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये  बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव १३ अंकले घटेर १६ सय ७७ दसमलव ८३ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ७४ दसमलव एक अंकले घटेर २१ सय ७१ दसमलव ८३ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, जलबिद्युत, निर्र्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि क्रमश घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्टान्र्डड चार्टड बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने सामुदायिक लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेशनल हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।