काठमाडौँ l नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न पौडेल पक्षले छलफल तीब्र पारिरहेका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादु देउवाले पनि बुधबारका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्।
आफ्नो समूहबाट पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन सभापति देउवाले आफू निकट नेताहरुको बैठक बोलाएका हुन्। बैठक बुधबार बिहान ९ः०० बजे बोलाइएको छ।
देउवा समूहमा अहिलेसम्म सभापतिबाहेक अन्य उम्मेदवारको टुंगो लागेको छैन। सभापतिमा देउवाबाहेक अरुको दाबी नभए पनि दुई महामन्त्रीका लागि चार जना आकांक्षी देखिएका छन्।
देउवा समूहबाट बालकृष्ण खाँण, प्रकाश शरण महत, विश्वप्रकाश शर्मा र एनपी शर्माले महामन्त्रीमा दाबी गरेका छन्।
शुक्रबारबाट काठमाडौँमा कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुँदैछ।