बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सातामा १९ अर्ब आठ करोड ८७ लाख ८९ हजार रुपैयाँको कारोवार

शनिबार, मंसिर १८ २०७८

काठमाडौँ l सेयर कारोवार रकम यो साता घटेको छ । नेप्से यो साता पाँच कारोवार दिन नै खुलेको भएपनि चार  दिन नेप्से उच्च अंकले घटेको थियो भने एक दिन सामान्य अंकले घटेको थियो ।

सोही आधारमा यो साता नेप्से सुचक तथा कारोवार रकम दुुबै घटेको छ । जसअनुसार यो साता नेप्से दुई हजार पाँच सय ८४ दसमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८७ दसमलव २७ अंकमा पुगेको छ । नेप्सेमा यो साता दुई सय ३४ वटा कम्पनीहरुको दुई लाख ४९ हजार १४ पटकको कारोवारमा तीन करोड ९८ लाख १९ हजार चार सय १९ कित्ता सेयर किनबेच हुुदा कुल कारोवार रकम १९ अर्ब आठ करोड ८७ लाख ८९ हजार नौ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा कम हो । 

गत साता भने नेप्सेमा दुई सय ३३ वटा कम्पनीहरुको दुई लाख ६१ हजार सात सय ७३ पटकको कारोवारमा तीन करोड ७८ लाख ४० हजार एक ४६ कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार एक सय ८४ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुलेकोमा पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन घटेको थियो भने चौंथो दिन नेप्से बढेको थियो । 

सो मध्ये पहिलो दिन आईतबार नेप्से ८० दसमलव २९ अंकले घटेर दुई हजार छ सय ५१ दसमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि १४ दसमलव १९ अंंकले घटेर पाँच सय एक दसमलव ४५ अंकमा पुगेको थियो ।

दोस्रो दिन पनि नेप्से २१ दसमलव ४८ अंकले घटेर दुई हजार छ सय ३० दसमलव एक अंकमा पुग्दा सेन्सिटिभ पनि छ अंंकले घटेर चार सय ९५ दसमलव ४५ अंकमा पुगेको थियो ।

त्रेस्रो  दिन पनि नेप्से एक दसमलव ६४ अंकले घटेर दुई हजार छ सय २८ दसमलव ३७ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव १८ अंंकले बढेर चार सय ९५ दसमलव ६३ अंकमा पुगेको थियो ।

चौथो दिन भने नेप्से पाँच दसमलव २८ अंकले बढेर दुुई हजार छ सय ३३ दसमलव ६५ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ८९ अंंकले बढेर चार सय ९६ दसमलव ७४ अंकमा पुगेको थियो ।

पाँचौ दिन भने नेप्से पुन ४९ दसमलव चार अंकले घटेर दुई हजार पाँच सय ८४ दसमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ४६ अंकले घटेर लागेर चार सय ८७ दसमलव २७ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, आदि परेका छन बढी सेयर कारोवार भएको संख्याको आधारमा नबिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, महालक्ष्मी बिकास बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता नबिल बैकको आठ प्रतिसत नबिल डिवेञ्चर २०८५ अन्र्तगतको २२ लाख सात हजार एक सय आठ युनिट सेयर नियमित कारोवारका लागि सुचीकृत भएको छ ।