शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, घरबाटै काम गर्ने

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट निको भएर घर फर्किएका छन् । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार आएपछि उनी आज विहान  साँढे ९ बजे  डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

निमोनियाका कारण अस्पताल भर्ना भएका जबरामा उल्लेख्य सुधार भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

press-release-cholendra-564x768.jpg

जबरा अस्पताल भर्ना भएपछि कायममुकायम प्रधानन्याधीश तोकिनु पर्ने माग गर्दै कानून व्यवसायीले गरेको विरोधका कारण  सर्वोच्चको इजलास  प्रभावित हुदै आएको छ ।

जबराले विरामी भएपनि घरबाटै काम गर्ने बताउदै आएका छन् ।