काठमाडौँ l सरकारले सोमबार १० जना सचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालय पठाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने निर्वाचन आयोगमा रहेका सुरेश अधिकारीलाई सामान्य प्रशासनको जिम्मा दिइएको छ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । सहरी विकाश मन्त्रालयमा ऊर्जा आयोगमा रहेका मणिराम गेलाललाई पठाइएको छ।
वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ।