काठमाडौँ l एमालेको १०औँ महाधिवेशनमा ओलीले एमालेका ३०१ केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गर्दा एमाले प्रतिनिधिसभाका प्रमुख सचेतक विशाल भट्टराईलाई नै समेट्न सकेनन्। उनी केन्द्रीय सदस्यको सूचीमै अटेनन्।
कार्यालय सचिवका हैसियतमा केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन् । ओलीले पदाधिकारीहरुको सूची सार्वजनिक गर्दा नपरेका भीम रावलले अध्यक्षमा, घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव उम्मेदवारी दर्ता गरे पनि प्रमुख सचेतक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन्।