चितवन । नेकपा एमाले नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पेस गरेको प्रस्तावमा नपरेका कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीले प्रस्ताव गरेका सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ ।
प्रस्तावमा नपरेका भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।