शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

सोमबार, मंसिर १३ २०७८

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए ।

सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।