शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बृहत् रक्तदान कार्यक्रम आयोजना गरेर मनाइयो कुटुम्बको १० औँ स्थापना दिवस

आइतबार, मंसिर १२ २०७८

काठमाडौँ l “रक्तदान जीवन दान” को नारालाई आत्मसात गर्दै कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले काठमाडौँको कोटश्वर चोकमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कुटुम्बले आफ्नो १० औं स्थापना दिवसको शुभ अवसरमा रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा काठमाडौँ कोटश्वर चोकमा रक्तदान कार्यक्रम गरिएको हो l 

हाल मुलुकमा कायम परिस्थितिमा रगतको अभाव हुन सक्ने मध्येनजर गदै, रगत अभाव हुन नदिने उद्देश्यले उक्त बृहत् रक्त दान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सुदिपकुमार खनालले जानकारी दिए । कार्यक्रमको सहयोगी संस्थाका रुपमा काठमाडौँ बचत तथा ऋण सहकारी संघ(कास्कुन) र नेपाल ब्लड डोनर्स एसोसिएसन(ब्लोदान) पूर्वी भेगिय क्षेत्र रहेका थिए ।

Capture.PNG

यस रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरूमा रहेको रक्तदानप्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरूलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।

Capture.PNG

कार्यक्रममा ४१ पुरुष र १० महिला गरी ५१ जनाले रक्तदान गरेका छन्। रक्तदाताहरुलाई संस्थाका अध्यक्ष सुदिपकुमार खनालले प्रशंसापत्र प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए ।

Capture.PNG