शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बिफिनले एक दिने अन्तराष्ट्रियस्तरको सम्मेलन आयोजना गर्ने

आइतबार, मंसिर १२ २०७८

काठमाडौँ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिएफआईएन) ले कन्फिरेन्स अफ लिडरसिप डेभलपमेन्ट फर न्युु नर्मल विषयमा एक दिने सम्मेलन आयोजना गर्ने भएको छ । संस्थाले २७ नोभेम्बर २०२१ (मंसिर ११, २०७८) शनिबारका दिन ¥याडिसन होटलमा एक दिने सम्मेलन आयोजना गर्न लाागेको जानकारी दिएको छ । 

बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यबसायीक क्षेत्रका प्रतिष्ठित व्यक्तिरु  एवम् अन्य पेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहनेछ । यसका साथै नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धीत क्षेत्रका प्रस्तोता एवम् विज्ञहरुबाट ज्ञान आदान–प्रदानको उपयुक्त अवसर हुनेछ । 

सम्मेलनको उद्घाटन तथा प्रमुख आथित्यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट हुने कार्यक्रम रहेको छ । सम्मेलनका अन्य अतिथीहरुमा भारतीय रिर्जव बैंकका पुर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र रहने कार्यक्रम रहेको छ ।

यो सम्मेलन आयोजना गर्नुको उद्देश्य सबै तह र क्षेत्रका संस्थाहरुको लागि विद्मुतीय कारोबारको लागि तयारी अवस्थामा लैजाने प्रयत्न गर्नु हो । विद्मुतीय क्रान्तीको कारणले व्यबसायीक जगतमा विभिन्न प्रकारका जोखीमहरु देखिएका छन् । विद्मुतीय क्रान्तीमा प्रवेश गर्नको लागि बृहत लगानी, नयाँ सीप तथा क्षमताको आवश्यकता, नयाँ नियमनकारी व्यबस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको देखिन्छ । सम्मेलनबाट बैंकिङ्ग सेवाहरुको भविष्यको सम्भावना, वस्तु तथा सेवा प्रवाहमा प्रविधीको प्रयोग, वित्तीय क्षेत्रमा देखा पर्ने अपराधतथा सुरक्षा सम्बन्धी जोखीम तथा चुनौतीहरुको सामना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।यसका साथै राष्ट्रि तथा अन्तराष्ट्रिय क्षेत्रमा कोभिड १९ ले पारेको असर असुली रणनिती तथा सुशासन र महामारीको कारणले सांस्कृतीक क्षेत्रमा समेत आएको परिवर्तनका कारण बैंकिङ्ग क्षेत्रले लिनुपर्ने शिक्षाको सन्दर्भमा समेत खोजी गरिनेछ ।