काठमाडौँ l पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी माधव नेपालप्रति महाधिवेशनस्थलबाट पनि कटाक्ष गरेका छन्।
उनले महाधिवेशनको उद्घाटनका क्रममा भने- प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर धेरै भन्न चाहन्न। मेरो खुट्टा तान्नेहरु उहाँका खुट्टा समातिरहेका छन्।’
अध्यक्ष ओलीले अब देश चुनावको तयारीतर्फ जाने बताएका छन्।
नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको उल्लेख गर्दै जनमतको तयारी गर्ने बताए।
अध्यक्ष ओलीले भने, ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ।’
ओलीले नेकपा एमाले देशको सबैभन्दा ठूलो पार्टी तथा सबैभन्दा धेरै जनताले मन पराएको पार्टी भएको बताए।
उनले भने, ‘यस पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन यहाँ आयोजना गरिरहेका छौँ। यस्तो पार्टीको महाधिवेशन हामी आयोजना गरिरहेका छौँ। जुन पार्टी यस देशलाई हिजो राणा शासनलाई भत्काउने आन्दोलन देखि लिएर पञ्चायति ढाल्ने आन्दोलन देखि लिएर निरङ्कुश राजतन्त्र फाल्ने आन्दोलन देखि लिएर अनेक प्रकारका उतार चढावहरु झेलेर अन्धकारयुगबाट देशलाई यहाँसम्म ल्याउन वैचारिक र व्यवहारिक ढङ्गले नेतृत्व गर्दै आएको छ।’
एमालेले देशको प्रमुख राजनीतिक पार्टीको मात्र नभई हिजो इतिहासमा रगत बगााएर दुख कष्ट सहेर बलिदान दिएर देशलाई परिवर्तन गर्ने महान आन्दोलन हाँकेर यहाँ सम्म देशलाई ल्याउन योगदान गरेको समेत ओलीले बताए।
ओलीले थपे, ‘आजका समस्याहरु ठीक ढङ्गले पहिचान गर्ने र ती समस्याहरुलाई समाधान गर्ने ऐतिहासिक अभिवादन बोकेको, समृद्ध नेपाल, सुखी नेपाली बनाउने ऐतिहासिक अभिारा बोकको नेपालका राजनीतिक, आर्थिक, सामाजिक समस्याहरु समाधान गर्ने अभिभारा बोकेको पार्टी हो नेकपा एमाले।’