बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूको पार्टी होइन : ओली

शुक्रबार, मंसिर १० २०७८

चितवन-  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दसौँ महाधिवेशनस्थलमा सम्बोधन गर्दै एमालेको राजनीति विभाजनको होइन, एकता र स्वाधीनताको हुने बताएका छन्।

उनले कार्यक्रममा सम्बोधन गर्दै भने-  हामी विदेशीसँग भएका समस्या सम्वादमार्फत समाधान गर्न चाहन्छौं। सीमा समस्या समाधान नभएसम्म हामीले ठगिएको महसुस गर्ने छौं।’

उनले लोकतन्त्रको वास्तविक अर्थमा प्रयोग गर्न चाहने उल्लेख गर्दै भन्नका लागि मात्रै नभन्ने पनि उल्लेख गरे। उनले एमाले तास फिटजस्तो कुरा फिट्ने पार्टी नभएको उल्लेख गर्दै काम गर्ने पार्टी भएको उल्लेख गरे।

उनले संविधान बनेपछि नेपालमा राजनीतिक समस्या समाधन गरिसकेको उल्लेख गर्दै अबको एजेन्डा शान्तिलाई कायम गरेर अघि बढाउने भएको उल्लेख गरे। उनले भने- ‘अब हामी जमिनबाट स्याटलाइटबाट काम गर्छौँ। अन्तरिक्षमा पनि नेपालले उपस्तिथि जनाउँछ। जल मार्गका लागि काम गरिरहेका छौँ।’

उनले एमालेले अब ५० प्रतिशतभन्दा स्थानीय तहमा जित्ने उल्लेख गरे।  उनले फागुनसम्म अब एमालेको प्रवेश अभियान सञ्चालन हुने पनि बताए।