शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री देउवा चितवनमा, भाषण लगत्तै फर्किने

शुक्रबार, मंसिर १० २०७८

काठमाडौं । एमाले महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन्  । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन गएका हुन् । 
 

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन् ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा चढेको हेलिकोप्टर दिउँसो पौने १ बजे भरतपुरस्थित प्रहरी अधिकृत शिक्षालयमा अवतरण गरेको हो ।  महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि देउवा आजै काठमाडौं फर्कने छन् ।  

महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि पनि चितवन पुगेका छन् ।