शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

न्यायालयको अवस्था हेरिरहेको छु, चाँडै निकासका लागि धारणा बनाउछु : प्रधानमन्त्री देउवा

शुक्रबार, मंसिर १० २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वोच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका  छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए

 उनिहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा धारणा राखेका थिए ।

 सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राखेका विषयलाई गम्भीरतापूर्वक लिँदै आफु जानकारी रहेको बताएका थिए ।  प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक/ दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताएका छन् ।