शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

होटल तथा रेष्टुराँको कारोबार ३३ प्रतिशत डाउन, अन्य क्षेत्र तग्रिदा पर्यटन क्षेत्रको धिमा गति

बिहिबार, मंसिर ९ २०७८

काठमाडौँ । अर्थतन्त्रले पुरानै लय समात्न लागेको भएपनि पर्यटन क्षेत्रले अन्य क्षेत्रजस्तो सुधार गर्न सकेको छैन । होटलहरु खुलेपनि कारोबारमा भने खासै सुधार हुन नसकेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले तयार पारेको कोरोना महामारीको अर्थतन्त्रमा परेको असरसम्वन्धि एक रिपोर्ट अनुसार महामारीका कारण गत वर्षको असारमा १ दशमलव आठ प्रतिशत मात्रै होटलहरु पुर्ण रुपमा खुलेका थिए । तर, अहिले करिब ७८ प्रतिशत होटलहरु खुलेका छन् ।

खुुले अनुसार कारोबार भने हुन सकेको छैन । कारोबार तथा यसको  उत्पादन ५७ प्रतिशत मात्रै भएको छ । अध्ययनमा सबैभन्दा बढि कारोबारमा सुधार हुन नसकेको क्षेत्र होटल तथा रेष्टुरा देखिएको छ ।

‘होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको देखिएको छ । २०७७ असारको तुलनामा उद्योगतथा व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ । ठ्ठ’  राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ।

अन्य क्षेत्रमा २०७७ असारको तुलनामा उद्योग तथा व्यवसायहरुको उत्पादन र कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन र कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ ।

त्यसैगरि २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग तथा व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको  नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उद्योग तथा व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग तथा व्यवसायहरुको औसत तलब— ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ ।

त्यस्तै कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग तथा व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ

त्यसैगरि २०७७ असारमा ४.१ प्रतिशत उद्योगतथा व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको  राष्ट्र बैंकले जनाएको छ ।