शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वकिलहरु बालुवाटारसम्म किन गर्दैछन् मार्चपास ?

मंगलबार, मंसिर ७ २०७८

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

सर्वोच्चमा जारी धर्ना कार्यक्रममा बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरू समेत संलग्न रहने बताए । 

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे ।

उनले भोलि देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम गरिने बताए ।

एशोसिएसनले गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सुरक्षाको नाममा प्रहरीले लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको जिकिर गरे ।