बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लिम्पियाधुराको जनगणना अन्योल कायमै

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ l १२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्नेछ ।

विभागका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ ।

जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक-लिम्पियाधुरा-कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्योलमा छ ।

यस क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको विभागले जनाएको छ । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ ।