बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जसले भक्तपुरमा सबैभन्दा बढि कर तिरिरहेका छन्

आइतबार, मंसिर ५ २०७८

काठमाडौँ l नेपाल सरकार आन्तरिक राजस्व कार्यालय भक्तपुरले हरेक वर्षेनी प्रदान गर्दै आईरहेको उत्कृष्ट करदाताको सम्मानले यस वर्ष मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक होम प्रसाद गौतम(मुकुन्द) सम्मानित भएका छन् ।

“स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताह कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालय भक्तपुरले आईतबार उत्कृष्ट करदाता सम्मान गौतमलाई प्रधान गरेको हो ।

259462218_4115403878594779_2899049001918794228_n.jpg

काभ्रे चौंरी, देउरालीमा जन्मिएका गौतम पेशाले औषधी व्यावसायी हुन् l गौतमले उत्कृष्ट करदाताको सम्मान यस वर्ष मात्र नभई गत २ वर्ष देखि निरतर आफ्नो हात पार्न सफल भएका छन् l यसैले नै  गौतमको कार्य-सम्पादन अवल रहेको दर्शाउने गर्दछ l गौतम सामुहिक भावना बोक्ने युवा व्यावसायी रहेकाले यस्को श्रए आफ्नो मात्रै नरहेको भनी आफ्नो सम्पूर्ण टिम नै यसको हिस्सेदार रहेको बताउछन् l

257435263_4115403741928126_1513230027751865876_n.jpg

मिहेनती, सरल तथा लगनशील स्वभावका गौतम मेडिकल क्षेत्रका युबा व्यावसायी मात्र नभई अहिलेका पिडिका एक आदर्श पात्रका रुपमा समाजमा परिचित बनेका छन् l अहिलेका पिडिले कम समयमै सफलता हासिल गर्नका निम्ति गौतमलाई प्रेरणाको स्रोत मान्ने गरेका छन् l साथै गौतमको धारणा पनि युबा अगाडि आउनु पर्छ  र समाजका हरेक ब्यक्तिलाई आदार गर्नु पर्छ भन्ने नै छ l

257901941_1009160929941826_5824104614774907564_n.jpg

आफ्नो कर्ममा सन्देहहिन भई लगनशील उनी समाजसेवी पनि हुन्। मिहेनतले नै सफलताको यात्रा तय हुन्छ भन्ने उनलाई जानकारी थियो, त्यसैले काममा लगनशील भएर अघि बढे हरेक वर्ष भक्तपुर जिल्लालाई सर्वाधिक कर प्रधान गर्ने सुचिमा आफ्नो नाम अग्रस्थिनमा राख्न सफल भएका छन्।