शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रले आज देशैभर वडा सम्मेलन गर्दै, सकेसम्म सर्वसहमति गर्न अपिल

शनिबार, मंसिर ४ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज देशैभर  वडा सम्मेलन गर्दै छ ।  नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं भन्दै माओवादीले ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन सुरु गर्न लागेको हो ।

माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ ।

निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै  सोहीअनुसारको भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ ।

आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

माओवादीले अहिलेसम्म झण्डै ८ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएको र अझै केहि नामावली दर्ता गर्न बाँकी रहेको बताएको छ ।