काठमाडौँ l हालै नेपाल गुणस्तर तथा नापतौल विभागले केएल दुगड ग्रुपद्वारा संचालित युनाइटेड सिमेन्टले उत्पादन गरेको ५३ ग्रेडको ओपीसी सिमेन्ट नेपाल गुणस्तर ५७२ अनुरुप नरहेका भन्दै गुणस्तरहीन ठहर गरेको सिमेन्टमा संचालाक कै सेटिङमा विभिन्न आकर्षक विज्ञापन गरेर नेपाली उपभोक्तालाई ठगी गर्दै आई रहेको कम्पनीका एक अधिकारीले नाम नखुलाउने सर्तमा तीन घुम्तीलाई जानकारी गराएका छन् l
अधिकारीका अनुसार युनाइटेड सिमेन्ट उत्पादन गर्दा लाग्ने कच्चापदार्थ नै कमसल प्रयोग गरी कम्पनीको मुनाफा बढाउँ संचालको चर्को दवावका कारण गुणस्तरहीन सिमेन्ट उत्पादन गर्न आफुहरु बाध्य भएको बताए l उनले भने “संचालकहरुले कम्जोर सिमेन्टले निर्माण लामो समय टिक्दैन कि त मर्मत गर्नु पर्छ वा नयाँ बनाउन पर्छ त्यसका निम्ति फेरी सिमेन्टको आवश्यकता पर्छ र हाम्रो मुनाफा बढ्छ, तपाइँहरु भुक्क भएर उत्पादन गर्नुहोस् माथि हाम्रो सेटिङ छ ” l
यस कारण आफ्नो रोजगारी गुम्ने त्रास रहेकाले संचालकले भने अनुरुप नै उत्पादन गरको बताए l संचालकलाई मात्र आफ्नो मुनाफासंग मतलब रहेको र देशका केही विकाउ कर्मचारीहरुका कारण यस्ता कार्य हरु अन्य कम्पनीमा समेत रहेको उनले दावी गरेका छन् l
यसरी ठग्यो जनतालाई !
कम्पनीले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने भन्दै सोझा जनतालाई प्रलोभनमा पार्ने उद्देश्यका साथ ‘बहार छायो १५ बोरामा १ बोरा एक्स्ट्रा आयो’ योजना ल्याएको थियो । उक्त योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा एक बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । तर केएल दुगड ग्रुपले युनाइटेड सिमेन्ट बिक्रीमा प्रवद्र्धनात्मक कार्यक्रम भन्दै कम तौल सिमेन्ट प्याक गरेर महंगोमा बिक्री गरेको थियो । जसअन्तर्गत हरेक १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा भन्दै उपभोक्तालाई झुक्याएको आरोप लागिरहेको छ ।
‘हरेक निर्माणको धड्कन, युनाइटेड सिमेन्ट’ भन्ने नारा दिएर ऐनविपरीत सो उद्योगबाट भ्रामक प्रचार गरेको पाइएको छ । ललितपुरको लेलेमा चुनढुंगा खानी र धादिङको नौबीसेमा फ्याक्ट्री रहेको युनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको दाबी गरे पनि सोअनुसारको सिमेन्ट उत्पादन नगरेको सम्बन्धित क्षेत्रकै व्यवसायीहरुले बताएका छन् ।
देश निर्माण केएल दुगड ग्रुपको खेलाची
देशका महत्वपूर्ण भौतिक पूर्वाधार निर्माणमा समेत केएल दुगड ग्रुपले खेलाची गरेको छ l ग्रुपले आफ्नो कम्पनीमा प्रचार विभाग अन्तर्गत एउटा यस्तो टिम बनाएको छ जसको काम भनेको देशको महत्वपूर्ण भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी प्राप्त गरेको निमार्ण कम्पनीका संचालकलाई रक्सी मासुका साथ मोटो कमीसम दिई उक्त निर्माणमा आफ्नो कमसल सिमेन्ट प्रयोग गराउने कार्य गर्द l
जसको परिणाम देशका महत्वपूर्ण सडक, पुल, र सरकारी भवन लामो समय टिकाउ न हुने र देशमा ठुलो जन-धनको क्षेति हुने गर्दछ l यस प्रकारका गतिविधिमा समय मै सम्वन्धित निकाएको ध्यान जान आवश्यक रहेको छ l