बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन, १९ सिटकालागि चुनाव गरिने

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।  

मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिदै छ ।

उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यस्था छ ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । सोही अनुसार माघ १२ गते चुनाव हुन लागेको हो ।