बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु १५ बढी घाइते

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । रोल्पामा आज साँझ बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । १५ जना भन्दा  बढी घाइते भएका छन् ।

दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट साँझ ६ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३ पुरुष र १ महिलाको मृत्यु भएको छ । उनीहरुको परिचय खुल्न बाँकी रहेको, रोल्पाका डीएसपी नरेशराज सुवेदीको भनाइ छ । 
बस तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको हो ।

दुर्घटनामा घाइतेभएका १७ मध्ये, गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको र अरुको घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको, प्रहरीको भनाइ छ ।

अघिल्लो साता पनि, रोल्पाको घर्तीगाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको थियो ।