शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले छान्यो १ हजार ९ सय ९९ , सर्वसम्मत चयनको अभ्यास

बुधबार, मंसिर १ २०७८

काठमाडौं । नेकपा एमालेले आफ्नो  १० औँ महाधिवेशनका लागि मुलुकभरका प्रतिनिधी चयन सम्पन्न गरेको छ ।  

गत शनिबारदेखि  प्रतिनिधि छान्ने प्रक्रियामा  एमालेले  सर्वसम्मत प्रतिनिधी चयन गरेको हो । आगामी मंसिर १० गते हुने महाधिवेशनकालागि एमालेले मुलुकभरबाट १ हजार ९ सय ९९ प्रतिनिधि चयन गरेको कार्यालय सचिव शेरवहादुर तामांगले जानकारी दिए ।  

चयन भएका प्रतिनिधिको विवरण  केन्द्रीय कार्यालयमा आइसकेको छ । १० औं महाधिवेशनले पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।  

एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।

विधान महाधिवेशन सकाएको एमालेले चितवन  महाधिवशेनबाट नेतृत्व मात्रै चयन गर्ने छ । उसको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुदै छ ।