बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

इजलासमा फर्किए सर्वोच्चका चार न्यायाधीश, मुद्दाको नियमित सुनुवाइ

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौँ । प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ

सर्वोच्च अदालतमा आज मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र तेजबहादुर केसीको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको हो ।

नेपाल बार एशोसिएसनले साझा धारणा बनाउन सर्वोच्चका न्यायाधीशहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा न्यायाधीशद्वय रेग्मी र केसीसहित न्यायाधीशहरू बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल अनुपस्थित भएका थिए । बारसँग हिजो भएको छलफलमा अनुपस्थितमध्येका दुई न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सबै प्रकृतिका २७९ मुद्दामा पेसी तोकेका छन् ।