बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वोच्च अदालत परिसर तनावग्रस्त

आइतबार, कार्तिक २८ २०७८

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसरबाहिर मोटरसाइकल र्‍याली निकालिएको छ । सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरूले मोटरसाइकल र्‍याली निकालेका हुन् ।

सर्वाेच्च अदालतमा धर्ना दिइरहेका वकिलहरूको विरोधमा एउटा अर्काे समूह मोटरसाइकल र्‍पालीसहित पुगेपछि अहिले तनाव भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा अदालत परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै आफूलाई सामाजिक अभियन्ता बताउनेहरूको भीड भित्र पस्न खोजेपछि प्रहरीले रोकिरहेको छ ।
अदालतको मूल गेटमा वकिलहरूको धर्ना जारी छ भने अदालत बाहिर सडकमा मोटरसाइकल र्‍यालीसहितको समूह भित्र पस्ने प्रयास

गरिरहेको छ । यसअघि आजै इजलास बहिष्कारको विरोधमा उत्रेका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आज सर्वोच्च परिसरमा दंगा प्रहरी भने खटाइएको छैन । बारले व्यापक प्रहरी परिचालन गरी बल प्रयोग भएकोमा विज्ञप्ति निकालेर चेतावनी दिएपछि आज सशस्त्र प्रहरी परिचालन नभएको हो ।