शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुरक्षा घेराबीच सर्वोच्च छिरेका प्रधानन्यायाधीश राणाद्वारा आठ वटा इजलास गठन, पहिलो नम्बरमै आलमको मुद्दाको पेशी

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौं । नेपाल बार एशोसिएसनको अवरोधकाबीच सर्वोच्च छिरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आठ वटा इजलास गठन गरेका छन् ।

ती इजलासमा एस सय भन्दा बढी मुद्दाको पेशी तोकिएका छन् । उनले तोकेमध्ये पहिलो नम्बरमा  रौतहट नरसंहारका आरोपी तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दाको पेशी छ ।  

 न्यायाधीशहरु दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासको एक नम्बरमा आलमको मुद्दालाई राखिएको छ ।  २०६४ साल फागुन २७ गते नेपाली कांग्रेसका नेता आलमको घर नजिकै बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई आलमले इँटाभट्टामा जलाएको अभियोग लागेको छ ।

बम विस्फोट घटनाका सम्लग्न दुईजनाको बयानका आधारमा उनलाई २०७६ साल असोज २६ गते पक्राउ गरिएको थियो ।  यस्तै सोही इजलाशमा सञ्जय कुमार साहको मुद्दाको पेशी पनि दोस्रो नम्बरमा राखिएको छ ।  

जबराले आफ्नालागि भने आज इजलास राख्नुु भएको छैन ।