काठमाडौँ । नेपाली बजारमा निरन्तर घट बढ भइरहेको सुनको मुल्यमा आज एक हजार ३००ले बढेको छ ।
बिहिबार सुनको मूल्य प्रतितोला ९४ हजारमा कारोबार भएकोमा आज तोलामा एक हजार ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य रु २० बढेको छ । जसअनुसार चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा महासङ्घले नेपाली बजारका लागि दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।