शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानन्याधीश जबरा रोकिएनन् ,आफ्नालागि एकलसहित १० वटा इजलास गठन

मंगलबार, कार्तिक २३ २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै खाले मुद्दाको पेशी तोकेका छन् । जबराले आज सबैखाले मुद्दा पेशीमा राखेर १० वटा इजलास गठन गरेका हुन् ।

उनले ९ वटा संयुक्त इजलास तोकेका छन् भने  आफ्ना लागि एकल इजलास पनि गठन गरेका छन् । न्यायालयमा देखिएका समस्या समाधानका लागि जबराले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्न अस्वीकार गरेपछि सोही अनुसार पेशी तोकिँदै आएको थियो ।  

पूर्व प्रधानन्यायाधीशहरू, न्यायाधीश फोरम, नागरिक समाजले प्रधानन्यायाधीश जबराले न्यायालयलाई विकृत बनाएको भन्दै राजीनामा माग गरिरहेका छन् । न्यायालय विवादमा राजनीतिक दलहरु भने मौन रहेका छन्। 

प्रधानन्यायाधीश जबरा भने आफूले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने अडानमा छन्।

नेपाल बार एशोसिएशन भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ।