काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफूसहितका छ वटा पेसी तोकेका छन् l बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दा समेटेर तोकिएको पेसीमा प्रधानन्यायाधीश जवराले आफूसहितको संयुक्त इजलास राखेका हुन् ।
छवटा इजलास तोक्दा दुईवटा एकल इजलास तोकेका प्रधानन्यायाधीश जवराले न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार चुडालालाई एकल इजलास राखेका छन् ।
आफूलाई कुमार चुडालसँगै संयुक्त इजलास तोकेका प्रधानन्यायाधीश जवराले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुदल सुवेदीको इजलास तोकेका छन् ।
गत ८ गतेदेखि इजलास नगएका न्यायाधीशहरुले १४ गते प्रधानन्यायाधीशसँग वार्ता गरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणको मात्र पेसी तोक्न भने पछि प्रधानन्यायाधीशले त्यस अनुसार नै आफू बाहेकको पेशी तोक्दै बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दा राख्दै आएका थिए ।
१५ र १७ गते न्यायाधीशहरुले इजलासमा बसेर सुनुवाई गरेका थिए । तिहार विदा पछिको पहिलो दिन आज भने प्रधानन्यायाधीशले आफूसहितका छ इजलास तोकेका छन् ।